पेट्रोलियम पदार्थको मूल्य घट्यो

जनसम्मत
पौष २४, २०७९, आइतबार

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ ।

नेपाल आयल निगम संचालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ। वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ।