मुख्यमन्त्रीको भागबन्डा टुंगियो

कुन प्रदेशमा कुन पार्टीका मुख्यमन्त्री ?

जनसम्मत
पौष २४, २०७९, आइतबार

सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ।

आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो।

सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ। वागमती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा÷आधा कार्यकाल नेतृत्व गर्नेछन्।

सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउनेछ।

आजै (आइतबार) प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन्।