गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी

जनसम्मत
पौष २५, २०७९, सोमबार

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमवार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अधिकारीले एमाले, माओवादी, राप्रपा र दीपक मनाङेसहित ३३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी गरेका थिए।

स्वतन्त्र निर्वाचित मनाङे केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपनि सरकार बनाउन एमालेलाई समर्थन गरेका हुन्।

अधिकारीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।