गण्डकीमा मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ

जनसम्मत
पौष २५, २०७९, सोमबार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन्।

शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन्।

उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रदेश प्रमुख गुरुङले अधिकारीलाई संविधानको धारा १६८ को उपधार २ बमोजिम सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।