पोखरामा महिनावारी (छाउपडी प्रथा) बारे धामी, पूजारीको भेला

जनसम्मत
पौष २५, २०७९, सोमबार

पोखरामा महिनावारी (छाउपडी) सचेतना गर्ने उद्देश्यले धामी, पूजारीको भेला गरिएको छ।

छाउपडी प्रथाको अत्यका लागि गरिमा परियोजना र ग्रीन तारा नेपालको संयुक्त आयोजनामा आज (सोमबार) पोखरामा धामी पूजारीहरुको भेला गरिएको ग्रीन ताराका सिनियर प्रोग्राम म्यानेजर सलिता गुरुङले जानकारी दिइन्।

महिनावारीसम्बन्धी भेदभाव मानव अधिकारको विषय रहेको गुरुङको भनाई थियो। ‘मर्यादित महिनावरी, हामी सवैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ पोखरामा धामी पूजारीहरुको भेला गरिएको हो।

भेलामा सूदूरपश्चिमबाट ५० जना सहित पोखराका गरी करिब एक जना धामी, पूजारी प्रतिनिधिहरुको सहभागिता गराइएको छ।

पोखरेलीहरुसँग महिनाबारीका विषयमा प्रत्यक्ष छलफल गराएर छाउपडी प्रथाबारे सिक्ने, सिकाउने उद्देश्यले सूदूरपश्चिमबासीलाई पोखरामा ल्याइएको हो।

सुदुरपश्चिममा परंपरागत रुपमा चल्दै आएको छाउपडी (महिनावारी) बार्ने क्रममा महिला तथा किशोरीहरुले अकालमा ज्यान गुमाउनुपरेको, बलत्कार, शर्प र बाघबाट असुरक्षित रहेकाले यसको अत्यका लागि सवै लाग्नुपर्ने गुरुङको आग्रह छ।

छाउपडीका बेला सरसफाइमा ध्यान दिनुपर्नेमा सहभागिहरुले जोड दिए।

विभिन्न विद्यालयहरुमा सेनेटरी प्याड सरकारी कार्यालयले व्यवस्था गर्नुपर्नेमा समेत उनीहरुको माग छ।

राधा पौडेलले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।