आज पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) मनाइँदै

जनसम्मत
पौष २७, २०७९, बुधबार

आज पुस २७ गते पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस।

हरेक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासपूर्वक मनाइन्छ।

विक्रम संवत् १७७९ मा आजकै दिन अर्थात् पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा ४ दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुनाले आजको दिनलाई राष्ट्रिय एकताको दिवसका रुमा समेत मनाइन्छ।

‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’
‘नेपाल दुई ढुंगाबिचको तरुल हो’

आज सम्मपनि राष्ट्र निर्माता पृथ्वी नारायण शाहले दिएको दिव्य उपदेश उत्तिकै अर्थपूर्ण र चर्चामा छ।