स्याङ्जा गल्याङ–पोखरा सम्पर्क समाज कास्कीमा भण्डारी

जनसम्मत
पौष २५, २०७९, सोमबार

स्याङ्जा गल्याङ–पोखरा सम्पर्क समाज कास्कीमा बुद्धिप्रसाद भण्डारी निर्वाचित भएका छन्।

समाजको प्रथम साधारणसभा तथा अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

जसको उपाध्यक्षमा विष्णुप्रसाद बस्याल, सचिवमा ईश्वरप्रसाद भट्टराई, सह–सचिवमा हरिप्रसाद खनाल र कोषाध्यक्षमा कमला खनाल निर्वाचित भएका छन्।

सदस्यहरुमा टिकाराम चापागाइँ, ईश्वर न्यौपाने, मेखबहादुर श्रीस, दलबहादुर थापा, सोमनाथ न्यौपाने, विन्दु गिरी, कविन्द्रदेव खनाल र हुमराज भण्डारी निर्वाचित भएका छन्।

समाजको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपानेले अबीर र खादा लगाएर बधाई तथा शुभकामना दिएकी थिइन्।

गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले साधारणसभा तथा अधिवेशनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भट्टराई, उपप्रमुख न्यौपाने, नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, नेकपा (माओवादी, केन्द्र) गण्डकी प्रदेश सदस्य लोकेन्द्र वरामलगायत सहभागी गल्याङ नगरपालिकाका वडाध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए।

स्याङ्जाको गल्याङ नगरपालिकाको विभिन्न स्थानमा स्थायी घर भई पोखरा महानगरपालिकाभित्र विभिन्न पेशा, व्यवसाय, सामाजिक क्षेत्रमा कार्यरतहरुका लागि संयुक्त सामाजिक संस्था स्याङ्जा गल्याङ–पोखरा सम्पर्क समाजको स्थापना गरिएको हो।

संस्थाको कार्यसमितिमा आबद्ध पदाधिकारी, सदस्य र साधारण सदस्यहरुबीच एकापसमा भेटघाट र सम्पर्कको माध्यमबाट सद्भावसहित सामाजिक, आर्थिक, शैक्षिक र वौद्धिक विकासका लागि समाजको स्थापना गरिएको अध्यक्ष भण्डारीले बताए।

संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव ईश्वरप्रसाद भट्टराईले संचालन गरेका थिए।