गण्डकी प्रदेश सरकारः मन्त्री र कार्यविभाजनको टुंगो

जनसम्मत
माघ १०, २०७९, मंगलवार

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आर्थिक मामिला मन्त्रालय तोकेका छन्।

एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाएका छन्। एमालेकै वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा लगाएका छन्।

त्यस्तै, मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मा दिएका छन्।

माओवादीकै रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यभार सुम्पेका छन्।

राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छन्।