यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

जनसम्मत
माघ १४, २०७९, शनिबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ (शुक्रबार) देखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा चैत २९ गतेसम्म हुनेछ। तालिकाअनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ। अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ।

हेर्नुहोस, तालिका