गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

जनसम्मत
माघ १८, २०७९, बुधबार

गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले आज (बुधबार) शपथ लिएका छन्।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन्।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो।