पोखरामा शहिद दिवस मनाइयो

जनसम्मत
माघ १६, २०७९, सोमबार

पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो।

सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगर, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, कृषिमन्त्री बेदबहादुर गुरुङ, पर्यटनमन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, पोखरा महानगरका मेयर धनराज आचार्य तथा उपमेयर मञ्जुदेवी गुरुङ तथा प्रदेश सभा सदस्यहरुको सहभागिता थियो।