पोखरा–१५ का भूमिहीनलाई निस्सा

जनसम्मत
माघ २०, २०७९, शुक्रबार

पोखरा महानगरपालिका वडा नं १५ का भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको छ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखरा–१५ का वडाध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरण गरेका हुन्।

उपप्रमुख गुरुङले सीमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरेकी छन्।

गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताइन्। कुनैपनि नागरिक जग्गाविहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको गुरुङको भनाई थियो। अब, कोही पनि भूमिविहिन हुने अवस्था नरहने उनले जोड दिइन्।

निस्सा प्राप्त व्यक्तिहरुले जग्गा पाउने निश्चित भएको अध्यक्ष पोखरेलको भनाई छ। निस्सा सेतो कागज मात्रै नभई रातो पुर्जा पाउने प्रमाण भएको पोखरेलले बताए। यसलाई जतन गरेर राख्न पोखरलले आग्रह समेत गरे। लामो समयपछि भूमिहीन, सुकुम्वासीले बासोबासका लागि जग्गा प्राप्त गर्ने अवस्था सृजना भएको उनले बताए।

वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम पौडेल, वडास्तरीय सहजीकरण समितिका सदस्य नरेश थापालगायतले बोलेका थिए।