घनश्याम भुसालले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ’

जनसम्मत
माघ २०, २०७९, शुक्रबार

गाडी चलाउँदा–चलाउँदै बेहोश भएका एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

आज (शुक्रबार) दिउँसो आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा उनी गाडीमै बेहोश भएर सामान्य दुर्घटनामा परेका थिए। त्यसपछि सिभिल अस्पताल भर्ना भएका उनले आफूलाई ठिक रहेको बताएका छन्।

उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, ‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गंभीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु।’