पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

लुम्बिनी, आर्मी र मधेशको विजयी सुरुवात

जनसम्मत
माघ २३, २०७९, सोमबार

धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आज (सोमबार)बाट सुरु भएको छ।

जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की संघले प्रतियोगिताको संयुक्त आयोजना गरेको हो।

हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो।

अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो।

तेस्रो खेलमा मधेश प्रदेशले गण्डकीलाई ४–२ गोलले हरायो। २८ गतेसम्म चल्ने प्रतियोगितामा ६ प्रदेश र आर्मी गरी ७ टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।