गण्डकी प्रदेशसभाको बैठक आज बस्दै

जनसम्मत
माघ २४, २०७९, मंगलवार

गण्डकी प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ।

बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले जानकारी दिएका छन्।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्। आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ।

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो। बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ।