प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलमै गण्डकी को हार, त्रिभुवन आर्मी सेमिफाइनलमा

पारस खड्का कप्तान रहेको प्रदेश ३ ले गण्डकीलाई ४१ रनले पराजित

जनसम्मत
जेठ १५, २०७६, बुधबार

पोखरा । गण्डकी प्रदेशले प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा ७ विकेटले हार व्यहोरेको छ ।

पारस खड्का कप्तान रहेको प्रदेश ३ ले मंगलबार गण्डकीलाई पराजित गरेको हो । जितसँगै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०.१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । उसका लागि सुमन घिमिरेले ३२ बलमा ३ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए । त्यस्तै, आकाश थापाले ४६ बलमा २ चौकासहित २८ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

एक समय ५० – ६ को स्थितिमा रहेको गण्डकीलाई सुमन र आकाशको ५३ रनको साझेदारीले उकासेको थियो । प्रदेश ३ को कसिलो बलिङ सामु गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अनिल गुरुङ ७, विधान श्रेष्ठ २, मेख शेन ५, विशाल पौडेल डक र कप्तान गोविन्द प्रधान ३ रनमा आउट भए ।

प्रदेश ३ का कप्तान पारस खड्काले ८ ओभरमा १ मेडनसहित १८ रन खचेर्र ४ विकेट लिए। त्यस्तै, युवा स्िपनर सूर्य तामाङले ८.१ ओभरमा १ मेडनसहित २९ रन खचेर्र ४ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिएको हो। नन्दन यादवको नाममा २ विकेट रह्यो ।

१ सय ९ रनको सामान्य लक्ष्य पाएको प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि आदिल खान ५३ बलमा ५ चौका सहित ३८ रनमा नट आउट रहे । त्यस्तै, चौका हान्दै खेल सकाएका ईशान पाण्डेले ४० बलमा ४ चौकासहित २६ रनमा अविजित रहे ।

सातौं ओभरको पहिलो बलमा किशोर महतोले ओपनर रित गौतमलाई २० रनमा बोल्ड आउट गरे । रितले २२ बलमा ४ चौका प्रहार गरे । त्यसै ओभरको पाँचौ बलमा महतोले आफैं क्याच लिदै अर्का ओपनर रविन जोशीलाई ११ रनमा पेभिलिएन फर्काए ।

विपिन खत्रीले अभिषेक बस्नेतलाई ८ औं ओभरको दोस्रो बलमा ५ रनमा बोल्ड आउट गरेपछि ४१ – ३ को अवस्थामा पुगेको प्रदेश ३ लाई ईशान र आदिलले चौथो विकेटका लागि ७१ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । गण्डकीको लागि किशोर महतोले २ र विपिन खत्रीले १ विकेट हात पारे ।

आर्मी सेमीफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनले हरायो ।

मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो । बलियो साझेदारी गरेको आर्मीले पहिलो विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेको थियो। ओपनर हरीशंकर झाले ५२ रन बनाए भने राजु रिजालले ६६ रनको योगदान गरे। रोहितकुमार पौडेलले ५६ रन बनाए भने हरी चौहानले ११ रन थपे । करण केसीले २८ रन बनाए। राम्रो सुरुवात गरेपनि उसका मध्यक्रममका खेलाडी सस्तैमा आउट भए । १ सय ६९ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीले २ सय ५८ रनमा नौ विकेट गुमायो । अन्तिममा साहव आलम र ललित चन्दले १६/१६ रनको योगदान गरे । बलिङमा ललित प्याकुरलेले ५ विकेट लिए ।

जवाफमा कर्णाली प्रदेश ३५ ओभर १ बलमा १ सय ७३ रनमा अल आउट भयो । कमजोर सुरुवात गरेको उसले १८ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २३ रनमा दोस्रो किवेट खेर फाल्दा ७१ रनमा ६ विकेट गुमायो । जसमा सुसन थापाले सर्वाधिक ३१ रन बनाए । दिवन पुनले २६ तथा कप्तान रविन्द्र शाहीले १३ रन बनाए ।

यस्तै, दिनेश अधिकारीले ११ रन थप्दा अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए। अन्तिममा ललित प्याकुरेलले २८ रन जोडे । कर्णालीलाई कमजोर पार्न सुसान भारीले ५ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए । करन केसीले २ विकेट लिए। जितसँगै अतार्मीले ३ खेलमा ६ अंक बनाउदै समुह बी बाट सेमिफाइनलमा पुगेको हो ।