पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु

जनसम्मत
फागुन ५, २०७९, शुक्रबार

पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ।

नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्।

ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड, अपूर्व, दीप श्रेष्ठ, राजु परियार, रविन एन्ड रेगुलेसन, मुक्ति एण्ड रिभाइबल, स्ट्रिम एन्ड एन्जन्र्स, मंगोलियन हार्टका राजु लामा, राजेश पायल राई, यम बराललगायतको प्रस्तुति रहनेछ।

उनले महाशिवरात्रि महोत्सव कलाकारको उत्सव भएको बताएका छन्। पोखराको फेवा किनारमा नेपालका चर्चित कलाकारको उपस्थिति छ। यसलाई व्यावसायिक भन्दापनि सामाजिक एवं धार्मिक आस्थाका रूपमा लिएको उनले बताए। ब्यान्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्रि अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आएका छन्।

नेपाली संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा कार्यक्रम आयोजना गरिएको गुरुङले बताए। शिवरात्रिकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटकसम्म उक्त कार्यक्रम गरिएको थियो। नमस्ते ब्यान्डले नेपाली गीत संगीतको संवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बताए।