सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन

जनसम्मत
फागुन ६, २०७९, शनिबार

नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्।

कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् ।

श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते।

त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद २० हजार पुरस्कार जिते। कार्कीले ३६ मिनेट ५४.९ सेकेण्डमा दौड पूरा गरे।

पाँचथरका दिपक सुहाङ तेस्रो बन्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जिते। उनले ३७ मिनेट ००.८ सेकेण्डमा दौड पूरा गरे। शनिबार दौड पोखरा रंगशालाबाट शुरु भएर पोखराको विभिन्न बजार क्षेत्र परिक्रमा गरेर पोखरा रंगशालामै फर्केर टुंगिएको थियो।

म्याराथनको ८ विधामा गरी ८ हजारभन्दा बढीको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ। प्रतिस्पर्धामा खुलातर्फ पहिलो हुनेले ५ लाख नगद पाउने छ। खुलातर्फ दोस्रोले ३ र तेस्रो हुनेले २ लाख पाउनेछन्।

म्याराथनमा ८ वटा विधामा एकैदिन प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा पुरस्कारसहित ९३ लाख खर्च हुने आयोजकले बताएको छ।