आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन

जनसम्मत
फागुन ६, २०७९, शनिबार

विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्।

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्।

आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्।

नेपाल पुलिसकी धाविका बृष्मा कुमालले उक्त दूरी ५० मिनेट २९.६४ सेकेण्डको समय लगाउँदै दोस्रो बनिन्। बृष्माले २० हजार रुपैयाँ नगद पुरस्कार समेत जितिन्।

नेपाली सेनाकी कल्पना खड्का तेस्रो बन्दै नगद १५ हजार पुरस्कार समेत जितिन्। कल्पनालाई उक्त दूरी पूरा गर्न ५१ मिनेट ०६.७७ सेकेण्डको समय लाग्यो। उनीहरुलाई

पोखरा रंगशालाबाट आज (शनिबार) विहान सुरु भएर पोखराको विभिन्न बजार क्षेत्रको परिक्रमासहित पोखरा रंगशालामै फर्केर म्याराथन टुंगिएको थियो।

म्याराथनको ८ विधामा गरी ८ हजारभन्दा बढीको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ। प्रतिस्पर्धामा खुलातर्फ पहिलो हुनेले ५ लाख नगद पाउने छ। खुलातर्फ दोस्रोले ३ र तेस्रो हुनेले २ लाख पाउनेछन्।