पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

जनसम्मत
फागुन ६, २०७९, शनिबार

लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।

रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्।

उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे।

गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले निर्धारित दूरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गरे।

गोरखाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रोे बने। उनले नगद २० हजार पुरस्कार जिते।

त्यसैगरी, कास्की अन्नपूर्ण गाँउपालिकाका सरोज शर्मा चौथो बने। शर्माले २ घण्टा ५० मिनेट ३८ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गरे।