पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक

जनसम्मत
फागुन ६, २०७९, शनिबार

विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्।

महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्।

राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा २१ मिनेट २६ सेकेण्ड थियो। उनले महिला हाफ म्याराथन जित्दै १ लाख ५० हजार रुपैयाँ नगद समेत पुरस्कार जितिन्।

त्यस्तै, विभागीय सशस्त्र प्रहरी बल (एपीएफ)की बृन्दा श्रेष्ठ दोस्रो बनिन्। बृन्दाले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा दूरी पार गरिन। बृन्दाले नगद १ लाख रुपैयाँ पुरस्कार जितिन्।

त्यस्तै, नेपाली सेना (त्रिभुवन आर्मी)की पूर्णलक्ष्मी न्यौपानेले तेस्रो भइन्। पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ नगद पुरस्कार जितिन्।