राष्ट्रिय सहमतिको राष्ट्रपति हुनुपर्छ: महासचिव गुरुङ

जनसम्मत
फागुन ७, २०७९, आइतबार

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्।

महासचिव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने समेत स्पष्ट पारे।

उनले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको खुलासा गरे।

प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमालेले सबैलाई मान्य हुने उम्मेदवार ल्याउनुपर्ने बताए।

उनले भने, ‘सरकारको सिफारिसलाई अवमुल्यन गर्ने र कहिले संसदको सिफारिसलाई अवमुल्यन गर्ने खालको राष्ट्रपति हुनु भएन।’

उनले राष्ट्रपतिको प्रस्तावक जो भएपनि संविधानको संरक्षक र मुलुकको परिवर्तनलाई आत्मसात् गर्ने हुनुपर्नेमा जोड दिए।

पूर्व राजालाई राष्ट्रपति बनाउँदा के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा नेता गुरुङले कोरा राष्ट्रवादले नेपालको रक्षा नहुने बताए। पूर्व राजाले दिएको वक्तव्यले विचारमा आत्मसातीकरण नभएको बताए। उनले यो अवस्थामा पूर्वराजालाई राष्ट्रिपति बनाउने काम हुन नसक्ने बताए।

‘अहिले नेपालका विदेशी शक्ति राष्ट्रहरुले नेपालमा शक्तिकेन्द्र चलाएको छ’, उनले खुलासा गरे, ‘राष्ट्रियताको रक्षाका लागि राष्ट्रपति साझा बनाउन आवश्यक छ।’