नारायणीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितिन्

जनसम्मत
फागुन ६, २०७९, शनिबार

छोरेपाटन माविकी नारायणी भण्डारीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितेकी छिन्।

५ किलोमिटर छात्रातर्फको दौडमा नारायणी प्रथम भएकी हुन्।

त्यसैगरी, इन्द्र राज्यलक्ष्मी माविकी आइतीमाया घले दोश्रो बनिन्।

इन्द्र राज्यलक्ष्मी माविकै मेनुका अधिकारी तेश्रो भइन्।

बागलुङको श्री रेसा नुनथला माविका बादल कार्कीले छात्रतर्फको ५ किलोमिटर दौड जिते।

छोरेपाटन माविका तेन्जोन रोका दोश्रो भए। सैनिक आवासीय महाबिद्यालय पोखराका सागर लामा तेश्रो भए।

त्यसैगरी, ह्विलचियर प्रतियोगितामा दान थिङ प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए। सोही इभेण्टको महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोश्रो र पवित्रा बिक तेश्रो भइन्।

दृष्टिविहिन महिलातर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोश्रो र देवी बराल तेश्रो भइन्।

सोही इभेण्टको पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आशिक खड्गी दोश्रो र प्रेम क्षत्री तेश्रो भए।