करिशमाले राजनीति छाडेको घोषणा गरिन्

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि करिश्माले राजनीति छाडेको घोषणा गरेकी हुन्

जनसम्मत
जेठ १६, २०७६, बिहीवार

पोखरा । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । करिश्माले हालै मात्र आफू उक्त पार्टीमा नरहने घोषणा गरेकी हुन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि करिश्मा निष्क्रिय जस्तै थिइन् ।

एसइई परिक्षा दिएर फुर्सदमा रहेकी करिश्माले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् । पार्टीमा मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेपनि लिखित रुपमा राजीनामा दिन बाँकी रहेको करिश्माले बताउँदै आएकी छन् । आफ्ना केही व्यक्तिगत महत्वपुर्ण कामहरु गर्नुपर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ ।

करिश्मा चार वर्ष अघि २०७२ सालमा डा.बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेकी थिइन् ।
करिश्मालाई नयाँ शक्ति पार्टीले देश बनाउछ भन्ने लाग्थ्यो । बाबुराम भट्टराईले उपेन्द्र यादवसँग मिलेर नयाँ पार्टी बनाएपछि डा भट्टराईको पछि लागिरहन पर्छ भन्ने मान्यताबाट करिश्मा पछि हटेकी छन् ।

करिश्माले पार्टी छाड्नुको अरु धेरै कारण दिएकी छिन् । केही समय यता करिश्माले राजनीति गर्न गा¥हो रहेको समेत भएको बताउँदै आएकी छन् । उनले, पार्टीमा लाग्नै पर्छ भन्ने नभएको पनि जिकिर गरेकी छन् ।

करिश्माले पार्टीमा आफ्नो कुरा राख्नपनि पद चाहिने उल्लेख गरेकी छन् । तर, करिश्माले जति कारण दिएकी छिन्, त्यसमा आत्मसम्मानको कुरा रहेको छ । करिश्माको स्टाटसमा उनले आत्मसम्मान मानिसको ठूलो खजना भएको भनेर पुस्तक साभार लेखेको पाइन्छ । तर, यो उनको राजनीतिप्रतिको नै स्टाटस हो