कान्स फिल्म फेष्टिबलमा अभिनेत्री प्रियंका कार्की असफल बनिन्

निर्देशक मिनबहादुर भामको चलचित्र ‘चिसो वर्ष’ ले कान्स फिल्म फेस्टिभलबाट नर्वेजियन सरफण्डको ट्रफी नै जित्यो

जनसम्मत
जेठ १६, २०७६, बिहीवार

पोखरा । कान्स फिल्म फेस्टिभलमा नेपालबाट सहभागिता जनाएकी अभिनेत्री प्रियंका कार्की बनिन् ।

कान्समा अभिनेत्री प्रियन्काको सहभागिताले यस पटक नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलप्रति चासो बढायो । फ्रान्सको पेरिसमा भएको कान्समा प्रियन्का त गइन, तर उपाधिविहिन बनेर फर्किइन् ।

कान्स फिल्म फेष्टिबलमा विश्वमा चर्चित भएका कलाकारलाई उपस्थित गराएर रेड कार्पेटमा थरी थरीका कपडामा हिडाइन्छ । कान्समा अन्य सह–कार्यक्रमहरु पनि हुन्छन् । कान्समा सह–कार्यक्रममा फिल्म शो, फिल्मका प्रतिस्पर्धा समेत हुने गर्दछ ।

कान्समा अभिनेत्री प्रियन्काको सहभागिताले यस पटक नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलप्रति चासो बढायो । फ्रान्सको पेरिसमा भएको कान्समा प्रियन्का त गइन, तर उपाधिविहिन बनेर फर्किइन् ।

कान्सका धेरै नेपाली दर्शकहरुलाई प्रियन्काले पेरिस जानुभन्दा पहिले धेरै आश्वासन दिएकी थिइन् ।

चलचित्र ‘चिसो वर्ष’ लाई नर्वेजियत सरफण्ड उपाधि

उनीसँगै कान्स गएका निर्देशक मिनबहादुर भामले महङ्गो पुरस्कारसमेत जितेका छन् । कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म मेकर्स मीनबहादुर भामले आफ्नो आगामी फिल्मका लागि एक नर्वेजियन पुरस्कार जितेका हुन् ।

विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीन बहादुर भामको ‘द इयर अफ कोल्ड’ अर्थात ‘चिसो वर्ष’ले नर्वेजियन सरफन्ड जितेका हुन् । जसको राशी ६६ लाख ८४ हजार रुपैयाँ अर्थात ६० हजार अमेरिकी डलर छ । निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ ।