तस्बीरमा लिगलिगे साइकल दौडको झलक (फोटोफिचर)

जनसम्मत
चैत्र ४, २०७९, शनिबार

विगतमा जस्तै यो वर्ष पनि गोरखाको पालुङ्टारमा लिगलिगे साइकल दौडको आयोजना गरियो।

आज (शनिबार) आयोजना गरिएको साइकल दौडमा करिब १०० जना साइक्लिस्टहरुले प्रतिस्पर्धा गरे।

साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए।

करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस खेलाडी र उत्सुकहरू सहभागी थिए।

लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्न लागि आयोजक २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको हो।

१६ औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो। त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ।

हेरौं, लिगलिगे साइकल दौडको फोटो फिचर

 

तस्बीरहरुः गोरखापत्र अनलाइन डट कम र सामाजिक सञ्जाल फेसबुकबाट