माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनसम्मत
चैत्र १०, २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ।

माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली मन्त्री रेशमबहादुर जुग्जाली मन्त्री थिए। एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्री चुमान र जुग्जालीले राजीनामा दिने तयारीमा छन्।

माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीको सरकार अल्पमतमा पर्नेछन्। पुस २५ गते माओवादी केन्द्रको समर्थनमा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।