महिलाको फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

जनसम्मत
चैत्र १०, २०७९, शुक्रबार

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज (शुक्रबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो।

नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि, नेपाल १०३ औँ स्थानमा थियो।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ। आज (शुक्रबार) सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ। इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न। नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन्।