जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन

जनसम्मत
चैत्र ११, २०७९, शनिबार

तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठको २० गते हुने भएको छ।

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन हुनेछ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिदैँ आएको हो।

कोभिड १९ का कारण २ संस्करण स्थगित भएपनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल कार्यक्रममा समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिएका छन्।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।