मनाङ मस्र्याङ्दीले तिलोत्तमा गोल्डकप जित्यो

जनसम्मत
चैत्र ११, २०७९, शनिबार

मनाङ मस्र्याङ्दी फुटबल क्लबले तिलोत्तमा गोल्डकप उपाधि जितेको छ।

मनाङले बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले २२ औँ संस्करणको उपाधि उचालेको हो।

उपाधीसँगै मनाङ मस्र्याङ्दी क्लबले नगद ११ लाख, ११ हजार, १ सय ११ रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता सुदूरपश्चिम ११ ले ६ लाख ६६ हजार ६ सय ११ पुरस्कार जितेको छ।