सगरमाथाले इटहरी गोल्डकपको उपाधि रक्षा गर्‍यो

जनसम्मत
चैत्र ११, २०७९, शनिबार

सगरमाथा यूथ क्लब मोरङले इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ।

इटहरी रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि जितेको हो।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो।

विजेता सगरमाथाले उपाधिसँगै नगद १० लाख पुरस्कार हात पारेको छ। उपविजेता चर्च ब्वाइजले ५ लाखमा चित्त बुझाएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित सगरमाथाका क्याप्टेन महिन्द्र कार्कीले नगद १ लाख पुरस्कार जिते। सर्वाधिक गोल गरेका मच्छिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पुरस्कार जिते। प्रतियोगितामा उनले ५ गोल गरे।

सगरमाथाका देब लिम्बु वेस्ट गोलकीपर, विशाल बस्नेत वेस्ट डिफेन्डर, स्टेफेन बिनांग वेस्ट फरवार्ड घोषित भए।