आजदेखि एसईई परीक्षा

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ।

परीक्षा
परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा संचालन हुनेछ।

प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ।

कठिनाइस्तर एउटै भएपनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ।

प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएकोे ।

परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।