गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको स्तरोन्नती सुरु

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

ट्रयाक खुलेको भण्डै १५ वर्ष पछि गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडकको स्तरोन्नती सुरु भएको छ।

गोरखा र लमजुङ जिल्ला जोड्ने सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपान्तरण हुने अपेक्षा गरिएको छ।

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङ साइलिटार सम्मको २० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो।

स्तरोन्तीको जिम्मा पाएको वुड हिल/लामा जेभीले गत फागुन ११ गते सो ठेक्का सम्झौता गरी काम सुरु गरेको सडक सुधार आयोजना निर्देशनालयले जनाएको छ।

८१ करोड ६१ लाख ६६ हजारमा लागतमा सो सडक ३० महिनाभित्र स्तरोन्नती गरिसक्ने लक्ष्य राखिएको छ।