नेपालले जित्यो प्रधानमन्त्री 3 नेसन्स कपको उपाधि

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ।

नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो।

खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए।

त्यस लगत्तै सात मिनेट नबित्दै आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए।

खेल सकिन ३ मिनेट बाँकी रहँदा मनीष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बन्यो।

पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो।

दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै भुटान फाइनल पुगेको थियो।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ। यस्तै, उपविजेता लाओसले ३ हजार अमेरिकी डलर पुरस्कार जित्यो।