घरेलु टोली विराटनगर (बीसीएफ) विराट गोल्डकप च्याम्पियन

जनसम्मत
चैत्र १६, २०७९, बिहीवार

घरेलु टोली विराटनगर सिटी (बीसीएफ) विराट गोल्डकप च्याम्पियन बनेको छ।

घरेलु बीसीएफले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको हो।

विराटनगरको शहीद रंगशालामा आज (बिहीबार) भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले १/१ गोल गरे।

विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यस्तै, ७९ औँ मिनेटमा विमलले, ९० औँ मेसुकेले र खेलको इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४–० को जित दिलाएका हुन्।

च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ पुरस्कार जितेको छ।