आदर्श र प्रज्ञाले जिते दक्षिण एशियाली ट्राइथलनको स्वर्ण

जनसम्मत
चैत्र १८, २०७९, शनिबार

भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीपको स्वर्ण पदक जितेका छन्।
आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्।

यस्तै, पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घण्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन्।

भारतीय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पुरस्कार जिते।

यस्तै, महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य पाइन्।