साउद र स्नेहल दुवाथलन च्याम्पियन

जनसम्मत
चैत्र १९, २०७९, आइतबार

युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले दुवाथलन च्याम्पियन बनेका छन्।

साउद र स्नेहलले नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी जितेका हुन्।

२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ्ग र २.५ कि.मी. दौडको दूरी ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा दूरी पूरा गर्दै च्याम्पियन बनेका हुन्।

पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो बने।

त्यस्तै, बसन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हात पारे।

महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढामगरले १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व सांसद दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डीबि नेपाली, पत्रकार केशव पाठकलगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाणपत्रको पुरस्कार वितरण गरे।