पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता

जनसम्मत
वैशाख १, २०८०, शुक्रबार

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ।

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सो प्रतिवद्धता जनाएका हुन्। सदस्य सचिव घिसिङले अवार्ड कार्यक्रमलाई भव्य बनाउन राखेप साथमै रहने प्रतिबद्धता समेत जनाए।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिकालगायतले सहयोग गर्ने प्रतिबद्धता जनाइ सकेको छ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपालले तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिएका छन्।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ। तयारीकै शिलशिलामा अध्यक्ष बराल र सचिव पौडेल यतिबेला काठमाण्डौंमा छन्।