अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही मालु बेपत्ता

जनसम्मत
वैशाख ४, २०८०, सोमबार

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्।

दोस्रो शिविरभन्दा केही माथिबाट आज (सोमवार) दिउँसो भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिएका छन्। हराइरहेका आरोहीको खोजी भइरहेको पनि उनले उल्लेख गरेका छन्।

राजस्थानको किशनगढका मालु ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएको गुरागाईंले बताए। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा गएको शनिवारदेखि यस वर्षको वसन्तयामको आरोहण सुरु भएको हो।