पोखराको हेमजामा तेस्रो संस्करणको हिले महोत्सव–२०८० हुने

जनसम्मत
वैशाख १८, २०८०, सोमबार

पोखरा–२५ हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो संस्करणको हेमजा हिले महोत्सव–२०८० हुने भएको छ।

आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो।

महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुनेछ। आज (सोमबार) हेमजामा बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। भेलाले विभिन्न उपसमितिसमेत गठन गरेको छ।

अर्थ संकलन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, प्रचार–प्रसार उपसमिति संयोजकमा कृष्णबहादुर कुँवर, महोत्सव ब्यवस्थापन उपसमिति संयोजकमा बिष्णुप्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम संचालन उपसमिति संयोजकको जिम्मेवारी जीवन खत्रीलाई दिइएको छ।

भेलाले खाजा तथा खानेपानी उपसमिति संयोजकमा गोमा बाँस्तोला, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बाँस्तोला, सचिवालय ब्यवस्थापन उपसमिति संयोजकमा जीवन खत्री, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा सुवास कुँवर, पुरस्कार, मायाको चिनो तथा साउण्ड सिस्टम ब्यवस्थापन उपसमिति संयोजकको जिम्मा बिष्णु भण्डारीलाई दिइएको छ।

त्यस्तै, सरसफाई उपसमिति संयोजकमा इन्द्र त्रिपाठी, सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजकमा बुद्धदेवी कुँवर, निर्णायक खेल सञ्चालन उपसमिति संयोजकमा सुविन श्रेष्ठ र महिला परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल पौडेललाई दिइएको देवीस्थान सेवा समाजका सचिव जीवन खत्रीले जानकारी दिएका छन्।

देवीस्थान सेवा समाजका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको भेलाको सचिव खत्रीले संचालन गरेका थिए।