काभा महिला भलिबल च्यालेन्ज कप: नेपालको सुखद् सुरुवात

जनसम्मत
जेठ ८, २०८०, सोमबार

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद जितको सुरुवात गरे को छ।

राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी बनेको हो। नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित निकाल्यो।

एसियाको मध्यमस्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ। आज नै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई  २७–२५, २५–२० र २५–१४ को सेटमा हरायो।

यस्तै, दोस्रो खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो। भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो।

प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। समूह ंएं मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन्। त्यस्तै, समूह ंबीं मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन्।

नेपालले भोलि बंगलादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ।

राउन्ड रोबिन लिगपछि समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ। नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसीपको आयोजना गरेको थियो।