‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरि

जनसम्मत
जेठ १३, २०८०, शनिबार

२१ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज (शनिबार) राजधानीमा प्रभातफेरि आयोजना गरेको छ।

१९ औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो।

प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इच्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ।

आज नै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन्।