श्रीइच्छा प्रधान बनिन् २०२३ को नेपाल सुन्दरी

जनसम्मत
जेठ १३, २०८०, शनिबार

श्रीइच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन्।

गोदावरीस्थित सनराइज सम्मेलन हलमा आज (शनिबार) आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।

श्रीइच्छाले २४ जना प्रतिस्पर्धीमध्ये बाँकीलाई पछि पारिन्।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिरिदिइन्। १२ सहविधामा उपाधिहरु बाँडिएको थियो। २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’को सहविधासमेत जितिन्।

प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते।

श्रीइच्छाले लिबरल आर्ट र साइन्समा स्नातक गरेकी छिन्।