घरेलु नेपाली टोली काभा महिला भलिबलमा तेस्रो

जनसम्मत
जेठ १४, २०८०, आइतबार

एनएससी काभा महिला महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा घरेलु नेपाली टोली तेस्रो स्थानमा खुम्चिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टोली नेपाल च्याम्पियनसीपमा तेस्रो बनेको हो।

पहिलो सेटमा लय गुमाएको नेपालले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै उज्वेकिस्तानलाई

पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ को नतिजा निकाल्दै नेपाल खेलमा फर्किएको थियो। तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्दै नेपाल च्याम्पियनसीपको तेस्रो बन्यो।

शुक्रबार भएको सेमिफाइनलमा कजाकास्तानसँग हार व्यहोरेपछि साविक विजेता नेपाल फाइनल पुग्नबाट रोकिएको थियो।

उपाधिका लागि आज ४: १५ बजेबाट भारत र कजाकस्तान भिड्दैछ।