साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा

जनसम्मत
जेठ २५, २०८०, बिहीवार

भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन्।

यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन्।

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लोकेन लिम्बु र आभास लामिछाने छन्।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर छन्।

साफ च्याम्पियनसीपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान छन्। नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ।

च्याम्पियनसीपको तयारीअन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका छ।