आइसीसी विश्वकप क्रिकेट, १०४ रनले इङल्याण्डको जित

इङल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । घरेलु टोली इङल्याण्डले एक दिवसिय आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १२ रन बनायो । इङल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो ।

शुरुमा कमजोर सुरुवात गरेपनि इङल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे । इङल्याण्डलाई सहज जित दिलाउन तीब्र गतिका युवा खेलाडी जोफ्रा आर्चरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक इङल्याण्डले ४ ब्याट्सम्यानको अर्धशतकमा दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य दिएको थियो ।

लन्डनस्थित ओभलमा टस जितेको दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन जोड्यो ।

इङल्याण्डका लागि चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान वेन स्टोक्सले सर्र्वाधिक ८९ रनको योगदान दिए । उनले ७० बलमा ९ चौका हिर्काए । ओपनर जासन रोएले ५४ रनको बनाए । उनले ५३ बलमा ८ चौका हिर्काए । अर्का ओपनर जोन बिस्ट्र भने शून्यमा आउट भए । उनलाई इनिङको दोस्रो बलमा दक्षिण अफ्रिकाका इमरान ताहिरले आउट गरे ।

जोए रुटले ५९ बलमा ५१ रन र कप्तान इयान मोर्गानले ५७ रन बटुले । जोस बटलर १८ रनमा आउट हुँदा मोइन अलीले ३ रन मात्र जोड्न सके । क्रिए ओएक्सले १३ रन बनाए । लियाम प्लुङकेटले नटआउट ९ रन र जोफ्रा आर्चरले नटआउट ७ रन बटुले । बलिङमा दक्षिण अफ्रिका लुङ्गी एनगिडीले ३ विकेट लिए । इमरान ताहिर र कागिसो राबाडाले समान २ विकेट लिए ।

इङल्याण्ड र वेल्सको विभिन्न शहरमा आयोजना हुने संयुक्त विश्वकपमा १० टोलीको सहभागिता छ ।

१२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट बेलायतको लण्डनस्थित दि ओभलमा सुरु भएको छ । विश्वकपमा यसपटक १० टिमको सहभागिता छ ।