गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट

जनसम्मत
असार १, २०८०, शुक्रबार

गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ।

प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो।

अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड ५ लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका छन्।

अर्थमन्त्री आलेका अनुसार वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याइएको छ।

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ।

समानीकरण अनुदानमार्फत ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब ५ करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड ८ लाख, सशर्त ४ अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने बजेटमा उल्लेख छ।