पत्रकार महासंघ गोरखामा ९ जनाको सदस्यता रद्व, ४ जना थप नयाँ सदस्य

जनसम्मत
असार ५, २०८०, मंगलवार

नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ।

सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त र उद्वव कुमालको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो।

अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा बसेको बैठकले ४ जना सदस्य थप गर्ने निर्णयसमेत गरेको छ। मेलिना बराम, अस्मिता सिंखडा, विवर गुरुङ र सुदिप श्रेष्ठको नाम नाम नयाँ सदस्यका थप गर्ने निर्णय गरेको छ।

अधिल्लो कार्य समितिको पदाधिकारी बैठकले नामावली टुंगो लगाउने निर्णय भएलगत्तै सोमबार भएको पधिकारी बैठकले उक्त निर्णय गरेको हो। बैठकमा उपाध्यक्ष नरेन्द्र ढकाल, सचिव बिकास मरहट्टा तथा सहसचिव गुणराज रोक्का र केशव गुरुङको उपस्थिति थियो।

बैठकमा उपस्थित भएका सहसचिव रोक्काले भने सोमबार नै नोटअफ डिसेन्ट लेख्दै शुद्विकरणमा क्रियाशील पत्रकारहरु समेत परेको भन्दै असहमति जनाएको समाचार छ।