पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

जनसम्मत
असार ६, २०८०, बुधबार

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) बिहान पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाजले अवतरण गरेको छ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो।