आइसीसी विश्वकप क्रिकेट, वेष्ट इण्डिजको विजयी शुरुवात

इङल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएको थियो

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । इङल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो खेलमा वेष्ट इण्डिजले विजयी सुरुवात गरेको छ ।

खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इङल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरनले अविजित ३४ तथा शिम्रोम हिटमायरले अविजित ७ रन बनाए । साई होपले ११ रन जोड्दा डरेन ब्राभो सुन्य रनमा आउट भए ।

पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

निकै खराब ब्याटिङ प्रदर्शन गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले समान समान २२ रन जोडे । वाहब रियाजले १८ तथा मोहमद हाफिजले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न वेष्ट इण्डिजका ओसुमाने थोमसले २७ रन खर्चेर ४ विकेट लिए । यस्तै जासन होल्डरले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै वेष्ट इण्डिजले २ अंक जोडेको छ । पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।